"आज मिति २०६८ साल फागुन महिना ८ गते अर्थात् मेरो दीक्षान्त कार्यक्रमको दिन| मेरो जीवनको अत्यन्त महत्वोपूर्ण दिन हो आज किनकि मैले बर्षौंको मेहेनतको प्रतिफल पाउँदै छु| हो, मैले पोखरा विश्वविधालयको स्नातक तहमा ‘विज्ञान तथा प्रविधि’ संकायबाट सर्वाधिक अंक प्राप्त गरेको छु| सुनेको थिए उक्त संकायबाट अहिलेसम्मकै धेरै अंक हो मेरो| हुन पनि हो, ३.९९ GPA ल्याउनु सामान्य कुरा थिएन र मैले सजिलै ल्याएको पनि हैन अनि कसैले दान दिएको पनि हैन मेरो अंक| मैले रात दिन मेहेनत गर्दै अन्य रमाइलो बिर्सिएको कारण सम्भव भएको हो यो सफलता| तसर्थ म उत्साहित छु; म आफ्नै कावुमा छैन आज| बिहानदेखि नै म छिन-छिनमा घडी तिर हेर्दै छु १ कतिखेर बज्ला भनेर; दीक्षान्त कार्यक्रमको शुभारम्भ १ बजे तोकिएको छ|
सूर्यको गतिसँगै दिउँसोको १ नजिकिँदै छ| मुटुको धड्कन पनि तेज हुँदैछ| म मा कतै उत्साह छ त कतै घब्राहट पनि| किन नहोस त! त्यत्रो जनजमातको अगाडि गएर विभूषित हुनुपर्ने छ मलाई| अवश्यपनि म आकर्षक देखिन चाहन्छु, एस्तो दिनमा कसले पो नचाहाला! म घरमा छु तर सोचाई कार्यक्रम हुने प्राङ्गणमा पुगिसकेको छ| म मात्र नभएर घरका सबैजना सामेल हुन चाहन्छन् यस कार्यक्रममा| हजुरआमा पनि आउनुहुन्छ रे, मामाघरको हजुरआमा| मलाई सानैदेखि उहाँलेनै हुर्काउनुभएको हो तसर्थ उहाँको पनि ठुलो देन छ मेरो सफलतामा| मैले जिउनको लागि धेरै कुरा सिकेको छु उहाँबाट| आज उहाँ म भन्दा कम खुशी हुनुहुन्न होला|”, यस्तै थिए त्यस दिनका प्रारम्भिक अनुभवहरु|
म समयको ख्याल राख्ने मान्छे हुँ| तोकिएको समयभन्दा अगावै पुग्न चाहन्थें किनभने ढिला हुँदा कार्यक्रमका महत्वोपूर्ण पाटाहरु छुट्नसक्थे| कार्यक्रम स्थलमा हामी ठिक १२:३० मा पुग्यौँ| मेरो कलेजका साथीहरुलगायत अन्य कलेजहरुबाट कार्यक्रममा सामेल हुन आउनुभएका साथीहरुको भिड थियो विश्वविधालय प्राङ्गण अगाडि| केहिवेरमै हामी विश्वविधालयको परिमितिभित्र प्रवेश गर्यौँ | धेरैजना नआएको भएतापनि माहोल उत्साहजनक नै थियो| “ल बधाई छ है! University Top गरेकोमा”, एउटा आवाज आयो; म त्यतै फर्किएँ अनि मुस्कुराउँदै “Thank you!” भनेँ| उहाँ मभन्दा senior दिदी हुनुहुन्थियो| Architecture पढेकाले उहाँको अध्ययनकाल हाम्रो भन्दा एक बर्ष लामो हुन्थियो त्यसैले हामीहरुको दीक्षान्त कार्यक्रम एकै दिनमा थियो| सुनेँ, Dean’s List मा पर्ने विधार्थी हरुको कुर्सी अगाडिपट्टि राखेको छ रे| म पछाडितिर बस्न चाहन्थेँ तर अफ्नो नाम तोकिएको कुर्सीमा बस्नुपर्ने थियो| आखिर त्यो के थियो त? के त्यो राम्रो अंक ल्याउने विधार्थी ले पाउनुपर्ने सजाए थियो कि अरु केहि? अन्तत: म आफ्नै नाम टाँसिएको कुर्सीमा बसेँ| परिवारजनको लागि छुट्टै बस्ने व्यवस्ता थियो|
सूर्य प्रचण्ड थियो; गर्मी महिना नभएपनि चिट-चिट पसिना आईराखेको थियो| त्यत्तिकैमा, प्रधानमन्त्रीज्यू आईपुग्न ढिला हुने खबर आयो| १:३० भैसक्दापनि उहाँ नआइपुग्दा हामी रुष्ट थियौं र जाएज पनि थियो| अब धेरैबेर कुर्नुपर्ने थियो| कुर्सीमा राखिएको पुस्तक पल्टाएँ| त्यसमा उक्त दिनको कार्यक्रमको समयतालिका दिएको रहेछ| अगाडिका पानाहरुमा विभिन्न संकायबाट Dean’s List मा पर्ने विधार्थीहरुको नामसूची क्रमबद्ध रूपमा छापिएको थियो| स्नातक तहको विज्ञान तथा प्रविधि संकायबाट मेरो नाम सुरुमा छापिएको रहेछ| म मुस्काएँ, खुशी पनि भएँ| विगतका चार वर्ष अनि आफ्नो अध्ययनप्रतिको समर्पणको झलक आयो मस्तिष्कमा| पाना पल्टाउँदा पछाडि GOLD MEDAL पाउने विधार्थीहरुको नाम छापिएको देखेँ| स्नातक तहमा व्यवस्थापन संकायबाट २ जनाको नाम रहेछ; पाना पल्टाएँ| विज्ञान तथा प्रभिधि संकायमा कसले GOLD MEDAL पाएछ भन्ने प्रश्न थियो मनमा अनि मस्तिष्कमा आफ्नै आकृति| तर हैन! त्यहाँ अरु कुनै पनि संकायका topper हरुको नाम राखिएको थिएन| २-४ पाना अरु पनि पल्टाएँ, आफ्नो नाम खोज्दै| तर ती प्रयासहरु निराशामा परिवर्तित भए| अहँ! मेरो नाम अरु कतै पनि देखिन मैले| म खंग्रंग भएँ| आफैँलाई प्रश्न सोधेँ,”के मेरो सफलता सम्मानको लायक थिएन?”, उत्तर थिएन| मलाई पहेंलो रंग दलिएको त्यो तक्मा लगाउने बिशेष शोक भने थिएन तर म चाहन्थेँ मेहेनतको कदर होस्| के मैले चारौं बर्षसम्म एउटा विधार्थीले भोग्नसक्ने रोमान्चक अनुभवहरुलाई त्याग्नुको फल त्यही थियो? भन्छन् केहि पाउन केहि गुमाउनुपर्छ रे| तर मैले हरदम गुमाएँ; एउटा विधार्थी जीवनको मोजमस्ती अनि एउटा जेहन्दार तथा सफल विधार्थीले पाउनुपर्ने प्रशंसा पनि|
ढिलै भएपनि सम्माननीय प्रधानमन्त्रीज्यू आइपुग्नुभयो| नव इन्जिनियर तथा आर्किटेक्टहरुलाई बधाई अनि सम्मान दिने समय मिलाउन धौधौ थियो उहाँलाई| हुनत देशको येत्रो भार बोकेको बेलामा राष्ट्रनिर्माताहरुको बारेमा सोच्ने फुर्सद नहुनु पनि स्वभाविक नै हो| दीक्षान्तको मुख्य अतिथि भएकाले उहाँ आएपछि कार्यक्रम सुरु गरियो| प्राय कार्यक्रमहरुमा जस्तै भाषणको सिलसिला सुरु भयो| सानो कुरा गर्न को नै चाहन्थियो र! यो क्रम केहि बेर रह्यो; हामी सम्यमित भएर सुनिरयौं| केहिवेरमा प्रमाणपत्र वितरण हुनथाल्यो| विभिन्न संकयका विद्वान छात्र-छात्राहरु क्रमबद्ध रुपमा सो ग्रहण गर्न मन्चतिर लागे| विज्ञान तथा प्रविधि संकायको पालो अलि ढिलो आयो| निश्चयनै, सुरुमा मेरो नाम बोलाइयो; ठुलो ताली पनि बज्यो| म उठेर मन्चतिर लागें; ताली निरन्तर बजिरहेकै थियो| मैले महान प्रधानमन्त्रीका पवित्र हातहरुबाट प्रमाणपत्र पाएँ| म मुस्काउन चाहन्थेँ तर हाँसो मबाट रुष्ट थियो| त्यसलगतै स्वर्ण पदक पाउने विधार्थीहरुलाई बोलाउन थालियो| व्यवस्थापन संकायबाट सर्वाधिक अंक पाउने साथीहरु विभूषित पनि हुनुभयो| घनघोर ताली पड्किरहेको थियो; मानौँ त्यो माहोलले मलाई थप्पड हानिरहेको थियो| म साँचैनै उदास थिएँ; सोच्थेँ कार्यक्रम छिटै सकियोस् अनि म घरतिर लाग्न सकूँ| त्यो सम्पूर्ण मन्च, त्यो माहोल अनि त्यो जनाजमात मेरा लागि असहज बन्दै थियो|
पहिलोपल्ट मलाई लग्यो मबाट उचित विश्वविधालयको छनोट भएनछ| सुरु-सुरुमा गाली गर्ने पनि धेरै थिए, “SOS को topper भएर के PU को कलेजमा पढ्न गएको?” भनेर| कलेजको गल्तिनै के छ र? सबै गल्ति मेरो हो| मलाई लाग्थ्यो जून विश्वविध्यालयमा पढेपनि केहि फरक पर्दैन| तर त्यो दिन अनुभव भयो कि एसले धेरै फरक पर्ने रैछ| के उक्त विश्वविध्यालय गरिब भएका कारण सबै संकायका विधार्थीहरुलाई पदक दिन नसकेको हो त? यदी हो भने दर्ता गर्नेबेलामा ‘गरिब तथा दलित’ वर्गको विश्वविधालय भनेर पेस गर्नुपर्थ्यो| यस्तो त पक्कै पनि हैन होला! हजारौँ विधार्थीहरुको क्षमता अनि भबिष्य मुट्ठीमा लिएर बसेको एउटा विश्वविधालयले जावो २-४ जना विधार्थीलाई पहेंलो रंग दलेको तक्मा दिँदा जहाज डुब्ने अवस्था पक्कै पनि आउँदैन|
मेरालागि त्यो अँधेरो दिन थियो| त्यस दिनका हरेक पल र अनुभव मा बिर्सन चाहन्छु| समयसँगै धमिलिँदै पनि थिए ती क्षणहरु| तर आज त्यस घाऊमा फेरि चोट लागेको छ| कुन्नी के को पुछार खै के के भनेझैं पोखरा विश्वविधालयले फेरि उस्तै कमजोरी प्रदर्शन गर्यो| शिक्षा मन्त्रालयले हरेक बर्ष भद्र २३ गतेका दिन (शिक्षा दिवस) देशभरका जेहन्दार विधार्थीहरुलाई सम्मान दिँदो रहेछ| यो बर्ष पनि कार्यक्रम भयो रे| सुनेँ केहि दिन अगाडि पत्रिकामा विधार्थीहरुको नाम पनि आएको थियो रे| ती नामहरु देशभरका विश्वविधालयहरुले शिक्षा मन्त्रालयलाई पठाएबमोजिम छापिँदा रहेछन् अनि सम्मानित पनि हुँदा रहेछन्| यस पटक पनि पोखरा विश्वविधालयले संकाय अनुसार topper हरुको नाम पठाएनछ जहाँ अन्य विश्वविधालयहरुले दर्जनौँ विधार्थीहरुको नाम पठाएका रहेछन्| के यस विश्वविधालयका पधादिकरिहरुले विधार्थीको प्रतिभाको कदर गर्न सिक्नुभएको छैन? कतै उहाँहरुले आफ्नो विधार्थी जीवनमा मेहेनत गर्न नजानेकाले यस्तो भएको त हैन? लाग्छ विश्वविधालय मसँग जिस्कँदै छ| म मात्र नभएर हरेक जेहन्दार विधार्थीको वौधिकतालाई लल्कारेको छ यसले| म कामना गर्छु, कुनै पनि जेहन्दार विधार्थीले यस विश्वविधालयमा अब प्रवेश नगरोस्|
सर्वाधिकार@ सुमन ओझा