‘सुन्दर’ विशेषणमा ‘य’ प्रत्यय जोडिएर बनेको शब्द हो ‘सौन्दर्य’| यो शब्द कुनै ब्यक्ति वा बस्तु को आवरण को ब्याख्या गर्न प्रयोग गरिन्छ| भनिन्छ सौन्दय हेर्ने मान्छेको आँखामा हुन्छ रे| तर मलाई लाग्छ, सौन्दर्य आँखा मात्र नभएर हरेक संबेदनशील अंगले अनुभव गर्ने कुरा हो| मुहारमा मात्र नभएर कसैको आवाजमा, कसैको स्पर्शमा अनि कसैको विचारमा लुकेको हुनसक्छ अदित्यिय सौन्दर्य| यसलाई केवल नियाल्न अनि अनुभव गर्न आबस्यक हुन्छ|
सौन्दर्य ईश्वरको बरदान हो| सौन्दर्येले मानिसमा आत्मबिस्वासको खेति गर्छ| त्यस्तै, सौन्दर्यले कसैलाई माया पनि दिलाउन सक्छ| जस्तै एउटा सुन्दर बालक सबैको मायाको पात्र बन्छ| सौन्दर्य स्वयंहितको लागि मात्र नभएर अरुको लागि पनि लाभदाइ हुन्छ जसरी एउटा सुन्दर मुहारले कसैलाई तनाबमुक्त पार्नसक्छ अनि ओंठमा मुस्कान ल्याउनसक्छ| सुन्दर व्यक्तिमात्र नभएर सुन्दर द्रिश्यले पनि मानिसलाई लालायित बनाउने गर्छ| एउटा मनोरम प्रकृतिको काखमा बसेर त्यसको सुन्दरता चुम्न कसको मनले चाहन्नहोला! मानिस घन्टौं सम्म हराउन सक्छ यस्तो स्थलमा मानौं उसले संसार बिर्सिएको होस्| येस्तो किन हुन्छ त? मानिस सौन्दर्यको अगाडी किन नतमस्तक हुनपुग्छ? अवश्यपनि सौन्दर्यसंग कुनै अध्भूत शक्ति छ; कुनै अदृश्य अनि बिपिनप्रचुर चुम्बक छ सौन्दर्यसंग| यही शक्तिमा संसार झुकेको अनि टिकेको छ|
तर के सौन्दर्यको परिभाषा यतिमा सिमित छ त? के एउटा द्रिश्यबिहिन मान्छेको लागि कोहि सुन्दर ब्यक्ति बनेको छैन? ऊसकोलागि सौन्दर्य कस्तो होला यदी त्येसलाई आँखाले हेर्नुपर्ने हो भने? अवश्यपनि हामीसंग यसको उत्तर छैन| उसलाई कुनै न कुनै ब्यक्ति पक्कैपनि सुन्दर लाग्छ तर त्यो सुन्दरता उसले आखाँले हैन स्पर्श वा आवाजले अनुभव गर्छ अनि त्यो ब्यक्तिको सोचलाई अँगाल्छ| त्येसैले सौन्दर्य कसैको मुहार अनि हेर्ने मान्छेको आँखामा मात्र नभएर विभिन्न स्वरुप अनि मूल्यांकनमा निहित हुने कुरा हो| कोइली को सुरिलो आवाज मन नपर्ने को नै होला र? तर त्यो आवाजलाई हाम्रो आँखा ले हेर्न सक्दैन| यदी त्यो सौन्दर्य अनुभव गर्न आँखा नै खोज्ने हो भने त्यो आवाजको मिठास कसैले भोग्न पाउँदैन| त्यो सौन्दर्य हामीले श्रवण गर्नुपर्ने हुन्छ| अव भन्नुस के सौन्दर्य आँखामा मात्र हुन्छ त? पक्कै पनि हुदैन| सौन्दर्य सर्बत्र छ र यसलाई सर्बाङ्गले स्पर्श गर्न सकिन्छ| झरनाको छंग-छंगमा, चराचुरुंगीको चिरबिरमा, धानको बालिमा, खेतको आलीमा, मुलको पानीमा, आँखाको नानीमा, बच्चाको हाँसोमा अनि संसारको हरेक कुनामा सौन्दर्य छ| केवल मनको नैनले देख्न सकिन्छ यो अपार सुन्दरता|
मानव जातिमा नारीलाई सौन्दर्यको प्रतिमूर्ति मानिन्छ| हुन पनि हो, उसमा कोमलता छ, सालीनता छ अनि ममता छ| वास्तावमा नारी शक्तिसाली छ तसर्थ ऊ सुन्दर छ| नारिविनाको परिवार अनि समाज कल्पना पनि गर्न सकिंदैन| मानौं ऊ नै मानवता को परिचालक हो| यही कारण ले होला परापुर्वकालदेखी नारीलाई ‘सुन्दर’ को उपमा दिंदै आएको छ हाम्रो समाजले| ‘सुन्दरता’ भनेको त्येस्तो चिज हो जसले अरुलाई आफ्नो बसमा राख्न सक्छ| नारी हावी भएका राष्ट्रहरु विकसित हुनुमा कतै एसकै देन त छैन? किनभने उनीहरुको समाज नारिद्वारा संचालित अनि नियन्त्रित थियो| तर वर्तमान परिपेक्ष्यमा नारी अनि सौन्दर्य दुवैको अस्तित्व परिबर्तित छ| आज नारी समाजद्वारा नियन्त्रित छ| कुनै तराजुमा जोख्न सकिने कुरा हैन सौन्दर्य| तर आजको संसारले नारीको मात्र नभएर सौन्दर्यको पनि प्रतिस्पर्धा गराएको छ| Miss Nepal, Miss World तथा अन्य सौन्दर्य प्रतियोगिताहरुले नारीको परिचयमा प्रश्नचिन्ह खडा गरेका छन्| मानिसहरु एसलाई अवसर भन्छन्, म बिकृति भन्छु| कतिलाई यो कुराले चित्त नबुझ्ला पनि| तर नकाप र वास्तविकतालाई चिरेर हेर्ने हो भने सबै छर्लङ्ग हुन्छ| के एउटा प्रतिस्प्रधाले नारीको सुन्दरता वा छेमताको मुल्यांकन गर्न सक्ला? नारीहरु सोच्दै नसोची येही प्रतिस्पर्धामा आफ्नो समय अनि आस्तित्व बेच्ने गल्ति गर्छन्| सौन्दर्य एउटा beauty contest भन्दा धेरै माथिको कुरा हो|
तसर्थ, सुन्दर हुनु भनेको कसैको आखाँमा केन्द्रित भएर मस्तिस्कमा बास बस्नु हैन| कुनै सौन्दर्य प्रतियोगिताको बिजेता हुनु पनि हैन सुन्दरता| सुन्दरता स्वयंमा हुने कुरा हो| हामीभित्र लुकेको हुन्छ सौन्दर्य; हाम्रो सोच, विचार अनि कर्ममा| अरुको मनगणन्ते सुन्दरताको पछाडी लाग्नु भनेको आफ्नो सुन्दरताको हत्या गर्नु हो जुन एउटा पाप हो| त्येसैले सुन्दर बन्न खोज्नुभन्दा आफूमा भएको सौन्दर्य नियाल्नु बुद्दिमानी हुन्छ|
Copyright@ Suman Ojha